नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप ६ जनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा चारजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरि थप ६ जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा खजुरा गाउँपालिका-२ बाँकेका ५३ वर्षीय पुरुष, राजापुर नगरपालिका-२ बर्दियाका ५० वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका-१२ दाङका २८ वर्षीया महिला र त्रिवेणि गाउँपालिका-३ सल्यानका ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै मेडिकल कलेजमा तुलसीपुर उपमहानगरपालिका-५ दाङका ६३ वर्षीय पुरुष र गुलरिया नगरपालिका-१२ बर्दियाका ५९ वर्षीय पुरुषले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।
योसँगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका २३२ जना र जिल्लाकै २७३ जनाले ज्यान गुमाईसकेका छन् ।