बाँकेमा कोरोना भाइरस संक्रमणबाट पाँच सयको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०७८, शनिबार

नेपालगन्जः बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय पुगेको छ । भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, शिक्षण अस्पताल नेपालगन्ज र वेष्टर्न अस्पतालमा गरी अहिलेसम्म बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय पुगेको हो ।

सबैभन्दा धेरै मृत्यु भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेमा उपचार गराइरहेका संक्रमितको भएको छ । कोभिड डेडिकेटेड यी अस्पतालमा गएको वर्षदेखि नै संक्रमितको उपचार भइरहेको छ । वेष्र्टन अस्पतालमा एकजनाको मात्रै मृत्यु भएको छ । त्यो पनि पहिलो चरणको संक्रमणताका भएको हो ।

यो अस्पतालमा अहिले कोभिड डेडिकेटेड १६ वेड छन् । पछिल्लो १४ घण्टामा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ९ जना कोरोना संक्रमितहरुको निधन भएको छ ।

गएको ४ दिनमा बाँकेमा ५५ जनाले ज्यान गुमाएका छन्। बाँकेकामात्रै संक्रमणबाट मृत्यु हुनेको संख्या २७३ छ भने उपचारका लागि यहाँ आएका २२७ जनाको मृत्यु भएको छ । ती सबै बाहिरी जिल्लाका हुन् ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech