हेटौँडा: बजार मूल्यभन्दा दोब्बरमा अक्सिमिटर बिक्री गर्ने हेटौँडाको एक मेडिकल सिल गरिएको छ ।
जिल्ला प्रशसन कार्यलय मकवानपुरले शुक्रबार अनुगमन गर्दा राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ले बजार मूल्यभन्दा निकै महङ्गोमा अक्सिमिटर बेचेको पाईएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले मेडिकलको अनुगमन गरेको थियो ।
मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्दा चलाइने जनाइएको छ।अनुगमन टोलीलाई खरीद बिल समेत देखाउन नसकेपछि अक्सिमिटर बिक्री गर्ने मेडिकलका स्वास्थ्यकर्मी दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिईएको छ ।