बाँकेका अस्पतालमा कोभिड संक्रमित थप ८ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०७८, शनिबार

तस्बिर:फाइल

कोहलपुर: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा चारजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चारजना गरि थप ८ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा कोहलपुर नगरपालिका-१० का ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका-१० दाङका ५२ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-६ का ५२ वर्षीया महिला, भिमदत्त नगरपालिका-२ कञ्चनपुरका ५४ वर्षीय पुरुष, जोशिपुर गाउँपालिका-१ कैलालीका ५० वर्षीय पुरुष हुनुहुन्छ ।

त्यस्तै संक्रमणकै कारण उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-६ का ५० वर्षीय पुरुष, मधुवन नगरपालिका- ७ बर्दियाका ५७ वर्षीय पुरुष र लमही नगरपालिका-२ दाङका ६८ वर्षीया महिलाको समेत मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २२७ जना र जिल्लाकै २७२ जनाको मृत्य भईसकेको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech