डाक्टरहरुलाई एक महिना निःशुल्क कलको सुबिधा

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०७८, शनिबार

काठमाडौंः नेपाल टेलिकमले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरुलाई एक महिना निःशुल्क कलको सुबिधा दिने भएको छ।

नेपाल टेलिकमले नेपाल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई निःशुल्क मोबाइल सेवा दिने भएको छ। नेपाल मेडिकल काउन्सिलले एक सूचना निकाल्दै सेवा लिन चाहने चिकित्सकलाई फारम भर्ने अनुरोध गरेको छ।

काउन्सिलका अनुुसार एकमहिना भरका अवधिका लागि निःशुल्क भ्वाइस प्याकको व्यवस्था गरिएको छ। उक्त सुविधाका लागि नेपाल टेलिकमकै मोबाइल नम्बर र सम्बन्धित चिकित्सककै नाममा नम्बर दर्ता भएको हुनुपर्दछ।

Image

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech