बाँकेका तीनवटा प्रयोगशालामा ३४२ जनामा संक्रमण पुष्टि, जिल्लाका २०६ जना

    • स्वास्थ्य पेज

  • ७ जेष्ठ २०७८, शुक्रबार

तस्बिर: भेरी अस्पतालको प्रयोगशालामा कोभिड परिक्षणमा व्यस्त स्वास्थ्यकर्मीहरु

नेपालगन्ज: बाँकेका तीनवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३०४ नमुना परीक्षण गर्दा २०८ जना, बागेश्वरी ल्याबमा १८६ जनाको नमुना परीक्षण गर्दा ९६ जनार मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ९७ नमुना परीक्षण गर्दा ३८जना गरि कुल ३४२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका २०६ जना छन् । ७९ जना महिला र १२७ जना पुरुष गरि जिल्लाका कुल २०६ नयाँ संक्रमित थपिएको केन्द्रले जनाएको छ । आज बाँकेमा कोरोना भाइरस संक्रमण मुक्त भएर ३३८ जना डिस्चार्ज भएका छन् ।

१५५ जना महिला र १८३ पुरुष गरि कुल ३३८ जना संक्रमणबाट निको भएका हुन् । गएको २४ घण्टामा संक्रमणका कारण जिल्लामा १७ जनाको मृत्यु भएको छ। संक्रमित बिरामीहरुको उपचार भैरहेका अस्पतालमा बाँकेका १० जना र जिल्ला बाहिरका ७ जना गरि १७ जनाले ज्यान गुमाएका छन् ।

 

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech