भारतमा संक्रमण दर निरन्तर ओरालो झर्दै, मृत्यु दरमा भने कमि आएन

    • स्वास्थ्य पेज

  • ७ जेष्ठ २०७८, शुक्रबार

तस्बिर:बिबिसी

नयाँ दिल्ली: कोरोना भाइरस संक्रमणले थलिएको भारतमा केहि दिनयता कोभिड संक्रमण दर निरन्तर ओरालो झरिरहेका छ । भारतमा संक्रमण नियन्त्रण बाहिर थियो ।

दैनिक ४ लाख सम्म कोभिडका नयाँ बिरामी थपिने गरेका भारतमा अहिले संक्रमण दरमा कमि आएको हो । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६७ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा हालसम्म संक्रमण पुष्टि हुनेहरुको संख्या करिब २ करोड ५७ लाख बढी पुगेको छ । गएको २४ घण्टामा यहा ३ हजार ८०० बढीले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

संक्रमण दर घटेको भारतमा मृत्युदरमा भने कमी आउन सकेको छैन । हालसम्म २ लाख ८७ हजार बढीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

 

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech