गण्डकी प्रदेशमा कोभिड संक्रमित २२ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०७८, बिहीबार

पोखरा: कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप २२ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशमा थप २२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो ।योसँगै संक्रमणकै कारण हालसम्म प्रदेशभर ज्यान गुमाउनेहरुको संख्या ४७४ पुगेको छ ।

प्रदेशमा गएको २४ घण्टामा ३ हजार २७७ नमुना परीक्षण गर्दा थप १ हजार ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ४३३ जना सक्रमण मुक्त भई डिस्चार्ज भएको प्रदेशले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रदेशमा ९ हजार ९०९ जना संक्रमित होम आइसोलेसनमा छन् ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech