ललितपुर महानगरपालिकाभित्र आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाईदै

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०७८, बिहीबार

तस्बिर:फाइल

ललितपुर: ललितपुर महानगरपालिकाभित्र आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाईदै छ । वडाभित्रका २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरि महानगरपालिका भित्र आजबाट खोपको दोस्रो डोज लगाउन लागिएको हो ।

ललितपुर महानगरपालिकाको तथ्यांकका अनुसार यो खोपको पहिलो डोज ४८ हजार ७ सय बढीले लगाएका छन् । पहिलो चरणको अभियानमा खोपकेन्द्र कमी भई भिड बढेको भन्दै विवाद भएकाले यो पटक महानगरले हरेक वडामा केन्द्र सञ्चालन गरेको छ।

शनिबार बाहेक १३ गतेसम्म खोप लगाउन सकिने महानगरले जनाएको छ । यस्तै पहिलो डोज लगाएर गाउँगाउँ पुगेका भने खोप लगाउनैका लागि आउन नपर्ने भएको छ।

मन्त्रालयले त्यसका लागि प्रदेशबाटै खोप लगाउने व्यवस्था मिलाउन लागेको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech