भेरोसेल खोपको दोस्रो डोज अब गाउँमै लगाउन पाइने

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०७८, बिहीबार

तस्बिर:फाइल

काठमाडौं: कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएर सहरबाट गाउँ पुगेकाले अब गाउँमै दोस्रो डोज लगाउन पाउने भएका छन् ।

विभिन्न कारणले काठमाण्डौ उपत्यका बाहिर गएकालाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।काठमाडौंमा पहिलो डोज लगाएका र अहिले काठमाडौं बाहिर रहेकाहरुलाई सम्बन्धित प्रदेशबाट खोप दिन लागिएको हो ।

खोप लिनका लागि सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकलाई विवरण टिपाउनु पर्नेछ । जिल्ला स्वास्थ्य कार्यालय र प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा खोप केन्द्र र मिति तोकिने मन्त्रालयले जनाएको छ।

खोपकै लागि अहिले काठमाडौं नआउन समेत मन्त्रालयले आग्रह गरेको

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech