पोखरा: गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ ।
बढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाइएको हो । यसअघि पहिलो पटक लुम्बिनी प्रदेशले देशमै पहिलो पटक प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाएको थियो।
प्रदेशमै मन्त्रालय बनेपछि स्वास्थ्यकर्मीहरु खुशी छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग आफैंले राख्नुभएको छ ।
यसअघि प्रदेशमा मन्त्रालय नहुदा स्वास्थ्यका काम सामाजिक विकास मन्त्रालयले हेर्दै आएको थियो ।