नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा थप दुईजना कोभिड संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका ७ बाँकेका ५० वर्षीय पुरुष र बढैयाताल गाउँपालिका ६ बर्दियाका ५७ वर्षीय पुरुष हुनुहुन्छ ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका २०० जना र जिल्लाकै २४५ जनाको मृत्यु भईसकेको छ।