सिरहामा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

सिरहा: सिरहामा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृत्यु भएको छ ।

लहान नगरपालिका-६ घर भएका हाडजोर्नी विशेषज्ञ डा मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि ९ दिनदेखि होम आइसोलेसनमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो।

बेलुकी उनको मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिनुभयो । ३५ वर्षीय चौधरी लहानको डाइग्नोस्टिक सेन्टरका संचालक समेत हुन्। उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech