काठमाडौं: देशभरका पीसीआर प्रयोगशालामा आज २१ हजार ६५३ नमुना परीक्षण गर्दा ९ हजार १९८ जना र ४३४ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जना गरि कुल ९२४७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर हालसम्म कोभिड पुष्टि हुनेहरुको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । गएको २४ घण्टामा देशभरबाट ५ हजार ७६७ जना निको भएका छन् ।
हालसम्म संक्रमण मुक्त भएर निको हुनेहरुको कुल संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । देशभर १ लाख १३ हजार ४८० जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।
७०८ जना क्वेरेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।