नेपालगन्ज: बाँकेमा जारी निषेधाज्ञा जेष्ठ दश गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको उल्लेख गरेको छ ।
कोरोना भाइरस संक्रमण त्रिब रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ दश गतेसम्म पुर्याइएको हो ।