सुदूरपश्चिम प्रदेशमा १०५७ जनामा संक्रमण पुष्टि, २१ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७८, आईतवार

धनगढी: गएको २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप १ हजार ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कुल २ हजार ११६ नमुना परीक्षण गर्दा १०५७ संक्रमित थपिएका हुन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ३० हजार ४२० पुगेको छ ।

संक्रमण करिब नियन्त्रण बाहिर गएको प्रदेशमा गएको २४ घण्टामा थप २१ कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ ।

सबैभन्दा धेरै कैलालीका ९ जना, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २र२ जना, बैतडी, अछाम र दार्चुलाका १र१ जनाको मृत्यु भएको निर्देशनालयलेजनाएको छ ।

प्रदेशभर हालसम्म ३५४ जनाको कोभिड संक्रमणका कारण ज्यान गएको छ ।

 

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech