कोरोना कहर: थप दुईजनाको मृत्यु, १३ घण्टामा १४ संक्रमितले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमित थप दुईजनाको मृत्यु भएको छ । अस्पतालका अनुसार बाँसगढी नगरपालिका-९ बर्दियाका ६४ वर्षिय पुरुष र नेपालगन्ज उपमहानगरपालिका-७ बाँकेका ६६ वर्षिय पुरुषको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख २४ मा कोभिड परीक्षण गरि बैशाख २६ गतेदेखि थप उपचारका लागि भर्ना हुनुभएका बर्दियाका ६४ वर्षिय पुरुषको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ८:३० बजे मृत्यु भएको हो ।

त्यस्तै भेरी अस्पतालमै कोभिड परीक्षण गरि बैशाख २३ गते उपचारका लागि भर्ना हुनुभएका नेपालगन्ज-७ बाँकेका ६६ वर्षिय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा गरि दुई ठूला अस्पतालमा हिजो राती ९:३० बजेपछि बिहानसम्म १२ जनाले ज्यान गुमाइसकेका छन् ।

बाँकेमा केहि दिनयता कोभिड संक्रमित बिरामीहरुको मृत्युदर बढिरहेको छ ।  चिकित्सकहरुले संक्रमण कडा खालको हुनु र गम्भीर अवस्थामा बिरामी अस्पताल सम्म आइपुग्दा पनि मृत्युदर बढिरहेको बताउँछन् ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech