काठमाडौं:मंंगलबार देशभर ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभरका पीसीआर प्रयोगशालाहरुमा २० हजार ५९६ नमुना र विभिन्न नाकाहरुमा ७२० नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ९४८३ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै अब कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । गएको २४ घण्टामा देशभर ५ हजार २२५ कोभिडका बिरामी संक्रमण मुक्त भएका छन् । हालसम्म देशभर कोभिडबाट निको हुनेहरुको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
हाल ९७ हजार ८ कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् । देशभर ४४८ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण २२५ जनाको मृत्यु भएको रिर्पाट मन्त्रालयमा भएको छ ।
हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ४ हजार ८४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।