नेपालगन्ज: कोभिड संक्रमण निरन्तर उकालो लागिरहेको बाँकेमा मंगलबार थप ७ सय बढीमा कोभिड संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
मेडिकल कलेजको पीसीआर प्रयोगशालामा ६३२ नमुना परीक्षण गर्दा ४७८ जना र बागेश्वरीमा ३०७ नमुना परीक्षण गर्दा २४२ जना गरि कुल ७२० जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालाको रिर्पोट सार्वजनिक भएको छैन । यसैबिच मंगलबार ४१४ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
जिल्लाका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका १८९ महिला र २२५ जना पुरुष गरि ४१४ जना कोभिड संक्रमणबाट निको भएका हुन् ।