काठमाडौं उपत्यकामा निषेधाज्ञा दुई साता थपियो

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

काठमाडौं: काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्ला प्रशासनबीचको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो। बैठकले विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय समेत गरेको छ ।

९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरिएको हो । यस्तै,अत्यावश्यकबाहेक कामका सरकारी तथा अन्य कार्यालयहरू पनि बन्द गर्ने निर्णय गरिएको पराजुलीले बताउनुभएको छ।

राष्ट्रिय महत्वका विकास आयोजनाबाहेकका सबै विकास निर्माणसँग सम्बन्धित काम पनि बन्द गरिने छन्। त्यस्ता काममा आवासीय रूपमा खटिएर काम गर्नेलाई मात्र छुट दिइने बैठकले निर्णय गरेको छ।

महामारीको चेन ब्रेक गर्नलाई निषेधाज्ञाको समय दुई साता थप्नुका साथै आदेशलाई कडाइका साथ लागू गर्न तीनवटै प्रशासनको संयुक्त बैठकले निर्णय गरेको हो

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech