काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त हुनुभएको छ । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उहाँ कोरोना संक्रमणमुक्त हुनुभएको हो।
उहाँको दुई दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि अक्सिजनको सपोर्टमा रहेका उहाँलाई अक्सिजन दिन छाडिएको छ ।
उहाँको अवस्था अहिले सामान्य छ ।यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।
सोही अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ। पूर्वरानी शाहको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालको भनाइ छ ।