१३ घण्टामा कोभिड संक्रमित १२ जनाको मृत्यु, बर्दियाका २१ वर्षीय पुरुष पनि अस्ताए

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार हालसम्म उपचारका लागि जिल्ला बाहिर बाट आएका १४८ जना र बाँकेकै १९७ जनाले ज्यान गुमाइसकेका छन् ।


    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप १२ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका एकजना गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा बासगढी नगरपालिका-९ बर्दियाका ७३ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिक-१० बाँकेका ६८ वर्षिय पुरुष, गुलरिया नगरपालिका-६ बर्दियाका २१ वर्षिय पुरुष, सिस्ने गाउँपालिका-३ रुकुम पुर्वका ५३ वर्षिय पुरुष हुनुहुन्छ ।

त्यस्तै बारबर्दिया-६ बर्दियाका ६३ वर्षिया महिला, खजुरा गाउँपालिका-३ बाँकेका ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका-४ बाँकेका ४५ वर्षिया महिला, बढैयाताल गाउँपालिका-३ बर्दियाका ७८ वर्षिया महिलाको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको भेरी अस्पतालले पुष्टि गरेको छ ।

यसैबिच एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएर होम आइसोलेसना बस्नुभएका खजुरा गाउँपालिका-२ बाँकेका ८८ वर्षिय पुरुषको समेत मृत्यु भएको छ । उता संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बासगढी नगरपालिका-५ बर्दियाका ६० वर्षिय पुरष र कोहलपुर नगरपालिका-८ बाँकेका ६२ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालमा बढैयाताल-१ बर्दियाका ८५ वर्षिय पुरुषको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिर बाट आएका १४८ जना र बाँकेकै १९७ जनाले ज्यान गुमाइसकेका छन् ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech