नेपालगन्ज: बाँकेमा आज पनि ठूलो संख्यामा कोरोनाका नयाँ बिरामी थपिएका छ्न ।
जिल्लाका तीनवटा प्रयोगशालामा एक हजार एक सय सात नमुना परिक्षण गर्दा ८ सय ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा भेरी अस्पतालको पीसीआर ल्याबमा ४ सय २२ नमुना परिक्षण गर्दा ३ सय ५३ जना, कोहलपुर शिक्षण अस्पतालको ल्याबमा ४ सय ३१ नमुना परिक्षण गर्दा ३ सय ३० र बागेश्वरी ल्याबमा २ सय ५४ नमुना परिक्षण गर्दा १ सय ६० जना गरि कुल ८ सय ४३ संक्रमीत थपिएका हुन ।
यो संगै बाँकेमा संक्रमीत संख्या १३ हजार ५ सय ४४ पुगेको छ।
आज बाँकेमा ४ सय ६८ जना डिस्चार्ज भएका छ्न ।