कोरोना संक्रमणः राजविराजमा निषेद्याज्ञा

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७७, बिहीबार

सप्तरी ०८, साउन ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि सप्तरीको राजविराज नगरपालिकामा विहीबादेखि निषेद्याज्ञा आदेश जारी गरिएको छ। कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सप्तरीले विहीबार बिहान ५ बजेदेखि अर्को निर्णय नभएसम्म राजविराज नगरपालिका क्षेत्रमा निषेद्याज्ञा आदेश जारी गरेको हो।

निषेद्याज्ञा अवधिभर औषधि पसल, खाद्यान्न, फलफूल, तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसमान ओसारपसार, निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैकिंङ्ग सेवा, आन्तरिक सुरक्षा, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानीजस्ता आवश्यक सेवाबाहेक अन्य सेवा-स्थलहरूमा अनावश्यक आवतजावत तथा हिँडडुल बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech