भेरीमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७७, बुधबार

तस्विर : फाइल

नेपालगन्ज ०७, साउन ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा बुधवार थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बाँकेका ३, बर्दिया र सल्यानका २/२ जनामा कोरोना देखिएको हो । धनगढीबाट आएर १२ दिनसम्म घरमा बसेकी महिलामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाहिरबाट आएकाले शंका लागेर जाँच्न जादा नेपालगञ्ज–१८, कारकादोकी २६ वर्षीया महिलामा कोरोना देखिएको हो।घरमा बसेकी महिलामा कोरोना देखिएपछि उनका परिवारको स्वाव लिने तयारी भएको छ। पोजिटिभको सम्पर्कमा आएका व्यक्तिको ५ देखि १० दिनको बीचमा परीक्षण गर्ने गरिएको कोरोनाका फोकलपर्सन श्रेष्ठले बताउनुभयो।

बुधबार बाँकेमा अरु दुई जनामा पनि कोरोना देखिएको छ।राप्तीसोनारी गाउँपालिको वडा नं.२ र ८ का एक महिला र एक पुरुषमा कोरोना देखिएको हो। भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दिया र सल्यानका २/२ जनामा पनि कोरोना देखिएको छ।सल्यानको बानपा र घर्तिगाउँ तथा बर्दियाको गेरुवाका २/२ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ।

  • ७ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech