अमिताभ बच्चनका छोरा अभिषेकलाई पनि कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २८ असार २०७७, आईतवार

काठमाडौं २८, असार ।
बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उहाँले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिनुभएको छ । अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको थियो।

उहाँले पनि आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएपश्चान आफू नानावति अस्पतालको आइसोलेशनमा बसेको जानकारी गराउनुभएको थियो ।

अभिषेकले बुबा र आफूलाई सामान्य लक्षण देखिएको र अहिले अस्पतालमा उपचाररत रहेको बताउनुभएको छ । उहाँले सबैलाई नआत्तिन आग्रह गर्नुभएको छ ।

  • २८ असार २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech