आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन

१८ बुँदे माग सहित आन्दोलनमा उत्रिएका समिति र मन्त्रालयबीच समस्याको समाधान निकाल्न मन्त्रालयमा भएको तीन घण्टा लामो वार्ता निष्कर्षमा पुग्न सकेन् ।


    • स्वास्थ्य पेज

  • १५ पुष २०७७, बुधबार

काठमाडौं १५, पुष ।

आन्दोलनरत स्वास्थ्य संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच बुधवार भएको वार्ता निष्कर्षविहीन भएको छ । १८ बुँदे माग सहित आन्दोलनमा उत्रिएका समिति र मन्त्रालयबीच समस्याको समाधान निकाल्न मन्त्रालयमा भएको तीन घण्टा लामो वार्ता निष्कर्षमा पुग्न सकेन् ।

बुँदा नम्बर १ र २ मा छलफल भएको समितिका संयोजक डा लोचन कार्कीले बताउनुभयो। मागका विषयमा छलफल गर्न बिहीबार पुनः दिउँसो १ बजेदेखि वार्ता हुने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि संयुक्त संघष समितिले पनि सोमबार वार्ता टोली गठन गरेको थियो।

विभिन्न १८ बुँदे माग सहित स्वास्थ्य क्षेत्रका २६ वटा संघ संगठन आन्दोलित छन्। कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आईसीयू, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन्।

 

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech