वयलपाटा अस्पतालका निर्देशक डा गौचनद्धारा राजिनामा

    • स्वास्थ्य पेज

  • ८ पुष २०७७, बुधबार

अछाम ८, पुष ।
अछामको बयालपाटा अस्पतालमा विगत १० वर्षदेखि कार्यरत डा विकास गौचनले अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट राजीनामा दिनुभएको छ ।
न्याय हेल्थ नेपालद्वारा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालित बयलापाटा अस्पतालको निर्देशक पदबाट राजीनामा दिएको उहाँले बताउनुभयो ।

राजीनामापछि उहाँले आफ्नो दक्षता र क्षमताले अछामसहित अस्पतालमा उपचारको लागि आउने बिरामीलाई निको पार्ने र सम्रग जिल्ला तथा प्रदेशको स्वास्थ्य क्षेत्र सुधार र प्रगतीको लागि सक्ने प्रयास गरेको बताउनुभयो।

स्वास्थ्य सेवामा प्रवेश गरेसंगै जीवनको उर्जावान ठूलो हिस्सा ओगट्ने १० बर्ष भन्दा बढी समय अछामका लागि समर्पित गरेको भन्दै डा गौचनले यसको मुल्यांकन आफैंले गर्नुभन्दा पनि यस क्षेत्रका सेवाग्राही, जनता र भविष्यले गर्ला भनेर राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

उहाँ २०६७ साल साउनदेखि अछाममा सेवारत रहनुभएको थियो । विशेष जिम्मेवारीबाट म अलग हुन लाग्दा धेरै दुख लागेको छ डा गौचनले भन्नुभएको छ ।

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech