नेपालगन्ज, २२ जेष्ठ ।
कोरोना महामारी सङ्क्रमण रोकथाममा अत्यावश्यक स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने नेपालगञ्जका दुई पसललाई जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्ज न्यूरोडमा रहेको ग्लोबल साइन्टिफिक कर्पोरेशनलाई रु दुई लाख र बिपी चोक नजीक रहेको नेपालगञ्ज सर्जिकल्सलाई रु ६० हजार जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कर्पोरेशनले केएन ९५ मास्कलाई ३३ प्रतिशत मुनाफा लिएर बिक्री गरेको र इन्फारेड थर्मोमिटर व्यवसायीहरुको मिलोमतोमा मूल्यवृद्धि गरेको पाइएकाले तथा सर्जिकल्सले व्यक्तिगत सुरक्षा कवच अर्थात पिपिएईमा बढी मूल्य लिएर कालोबजारी गरेको पाइएपछि तत्कालका लागि जरिवाना गरिएको उहाँले बताउनुभयो ।