क्वारेन्टिनबाट घर फर्केका एक युवाको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७७, बिहीबार

सुर्खेत २२ जेष्ठ ।
सुर्खेतमा एक युवाको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर १ को हाँसेका २० वर्षिय युवाको विहीबार विहान मृत्यु भएको हो ।

जेठ ७ गते भारतबाट फर्किएर नगरपालिकाको जनता मावि क्वारेन्टिनमा बस्दै आएका ती युवा बुधबारमात्र आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका थिए । उनीसहित अन्य पाँचजना घर फिर्ता भएका थिए । क्वारेन्टिनबाट घर गएपछि पनि एक हप्तासम्म होम क्वारेन्टिनमा बस्ने सल्लाह दिइएको नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताउनुभयो ।

बुधबार तीन बजे उनी क्वारेन्टिनबाट घर हिँडेका थिए । पाँचैजना गाउँ नजिकैको सामुदायिक भवनमा बस्ने गरी राति साढे दश बजे गाउँ पुगेका थिए । उनी बिहान दुई बजे बिरामी भएको खबर आएको र वडा नम्बर १ का अध्यक्ष धनबहादुर थापा सामुदायिक भवनमा पुग्दा ती युवाको मृत्यु भै सकेको थियो ।

खाना खाएर सुतेपछि एक्कासी घाँटी घ्यार घ्यार गरेको र त्यसको १५ मिनेट मै मुत्यु भएको सँगै रहेका साथीहरुले बताएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech