कोरोना संक्रमणबाट रेडक्रसका पूर्व केन्द्रीय सदस्य नेपालको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७७, मंगलवार

झापा २५, कात्तिक ।
नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हल्दिबारी ४ निवासी ७० वर्षीय नेपालको उपचारका क्रममा सोमबार राति पौने १२ बजे विराटनगर नोबेल अस्पतालमा मृत्यु नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

उहाँलाई कात्तिक १२ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यही बेला उहाँको फोक्सोमा धेरै संक्रमण भएको भन्दै मेची प्रादेशिक अस्पतालबाट उहाँलाई विराटनगर रेफर गरिएको थियो।

प्लाज्मा थेरापीले पनि काम नगरेको रेडक्रस झापाका सभापति ढकालले बताउनुभयो । कोरोना संक्रमणबाट हल्दिबारीमा पहिलोपटक मुत्यु भएको हो। झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech