कोरोना संक्रमणबाट विर्तामोडमा थप दुई जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

 

झापा २४, कात्तिक ।
कोरोना भाइरसको संक्रमणबाट झापाको बिर्तामोडमा थप दुई जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका वडा नं ४ मा ९२ वर्षीय बृद्धको सोमबार बिहान ४ बजे मृत्यु भएको हो। उनी बिर्तामोड ४ स्थित छोराको घरमा बस्दै आएका थिए।

एक साताअघि ती बृद्धको घरमै स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। बिर्तामोडकै बिएण्डसी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा तेह्रथुम जिल्लाका ५८ वर्षीय पुरुष रहेका छन्। उनको राति ९ः१५ बजे उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech