नेपालगन्ज १७, कात्तिक ।
भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-९ दाङका ४८ बर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १० गते भेरीको प्रि–आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । त्यसैदिन उनको कोरोना भएनभएको एकिन गर्न नमुना संकलन गरिएको थियो । त्यसको भोलिपल्ट ११ गते रिपोर्ट पोजेटिभ आएको थियो । तत्काल उनलाई कोभिड वार्डमा सारेर उपचार सुरु गरिएको थियो ।
तर अवस्था सुधार नभएपछि उनको गएराती ११ः १३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका २१ जनाको मृत्यु भएको छ ।