सुर्खेत १६, कात्तिक ।
सुर्खेतमा कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो । ती पुरुषलाई उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्याएको एक घण्टामै मृत्यु भएको थियो ।
अस्पतालका कोरोना फोकलपर्सन डा नवराज केसीका अनुसार उनलाई दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइ भनेर उपचार गरिएको थियो । औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएको थियो । तीन दिन अगाडि मात्रै पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तर कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पु¥याइएको थियो । अस्पतालमा आएको एक घण्टाभित्रै उनको मृत्यु भएको डा केसीले बताउनुभयो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।