सुर्खेत २० जेष्ठ ।
कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का १७ देखि ५० वर्षसम्मका ९ जना पुरुष रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखामा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताउनुभयो।यस्तै सल्यानको दार्मा गाउँपालिकाका ३५ देखि ५० वर्षसम्मका ९ जना पुरुष तथा अछामको मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ वर्षका पुरुषमा पनि संक्रमण देखिएको हो ।अछामकै मेल्लेख गाउँपालिकाका २२ देखि ४० वर्षका पुरुष तथा २७ र ३० वर्षका महिलामा पनि संक्रमण देखिएको डा. तिवारीले बताउनुभयो ।
उनीहरु सबै केही दिन अगाडि भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २६२ पुगेको छ । प्रदेशमा एकजनाको कोभिड–१९ बाट मृत्यु छ । कर्णालीका दश जिल्ला मध्ये हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा भने अहिलेसम्म कोरोना भाइरस संक्रमित देखिएका छैनन् ।