नेपालगन्ज ११, कात्तिक ।
वेस्टर्न अस्पताल नेपालगन्जका एमडी डा राहुल थापा र भेरी अस्पताल नेपालगन्जका निमित्त ल्याव प्रमुख प्रचण्ड गौतमले प्लाज्मा दान गर्नुभएको छ ।
एमडी थापाले भाइरस संक्रमण भएको ३९ दिन पछि र निमित्त ल्याव प्रमुख गौतमले संक्रमण भएको ४३ दिनपछि प्लाज्मा दान गर्नुभएको हो ।

भेरी अस्पताल नेपालगन्जका निमित्त ल्याव प्रमुख प्रचण्ड गौतम
कोरोना भाइरस संक्रमणबाट गम्भीर अवस्थामा पुगेकाहरुलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने गरिएको छ । अहिलेसम्म बाँकेमा करिव ४० जनाले प्लाज्मा दान गरिसक्नुभएको छ ।