बाँकेमा दुई जना महिलामा कोरोना भाइरसको संक्रमण दोहोरियो

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०७७, शुक्रबार

नेपालगन्ज ३०, असोज ।

बाँकेमा दुई जना महिलामा कोरोना भाइरसको संक्रमण दोहोरिएको छ । २६ बर्षीया ती महिलामा असोज अन्तिम साता दोस्रो पटक भाइरस संक्रमण देखिएको हो । एक जनामा पहिलो पहिलो पटक संक्रमण देखिएको दुई महिनापछि र अर्की महिलामा ५२ दिनपछि संक्रमण दोहोरिएको छ ।

उनीहरु दुवैको उमेर २६ बर्ष रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । उनीहरुमा सुरुमा पनि सामान्य लक्षण चिन्ह देखिएको थियो । अहिलेपनि उनीहरुमा नर्मलखाले लक्षण चिन्ह देखिएको छ । ६० दिन अघि पहिलोपटक संक्रमण पुष्टि भएकी ती महिलामा फेरि स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गराइएकी थिइन् । कोरोना परीक्षण गर्दा असोज २५ गते उनलाई पुनः संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ५२ दिनअघि संक्रमण पुष्टि भएकी अर्की महिलामा पनि स्वास्थ्यमा असजिलो महसुस भएपछि कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन् । उनको असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरु दुवैजना अहिले होम आइसोलेसनमा बसिरहेका छन् । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

सामान्य लक्षण चिन्ह देखिएका संक्रमितहरुलाई भाइरस दोहोरिने सम्भावना प्रवल रहने चिकित्सकहरु बताउँछन् । यस्ता विरामीहरुको शरिरमा कोरोनासँग जुध्ने एन्टिबडी बनिनसकेका कारण दोस्रो चरणको संक्रमण देखिने सम्भावन उच्च रहने चिकित्सकहरुको भनाइ छ ।

 

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech