भारतबाट नेपाल छिर्न अब २० नाका

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०७७, शनिबार
भारतबाट नेपाल छिर्न अब २० नाका

काठमाडौं १७ जेष्ठ ।
सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ। सरकारले तोकेको नाकामा इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी छन्।

यसैगरी, कुनौली, ठाडी, मार्डर, भित्तामोड, मंगलवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगरबाट पनि नेपालीलाई सहज प्रवेश गराइने समितिले जनाएको छ। यस्तै नेपालगन्जको जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला बाट नेपालीलाई प्रवेश गराइने प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।

भारतबाट नेपाल प्रवेश गर्न चाहने नागरिकलाई सुरक्षित रुपमा नेपाल प्रवेश गराउँदै सम्बन्धित पालिकाले क्वारेनटाइनमा राख्नका लागि यस्तो व्यवस्था गरिएको हो।

  • १७ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech