काठमाडौं २२, असोज ।
देशभर विहीबार कोरोना भाइरसका थप चार हजार ३६४ संक्रमित फेला परेका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३६४ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्वारेन्टिनमा रहेका छन् । देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।