थपिए १७०, ज्यान गुमाउने पुगे ६

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं १६ जेष्ठ ।
नेपालमा शुक्रबार थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी कुल १७० जना संक्रमित थपिएका हुन्।

उनीहरु मध्य १६५ जना पुरुष र ५ जना महिला छन्। योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। तीमध्य २०६ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने अहिले सम्म कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ।

अर्घाखाँचीका एक युवकको भारतबाट नेपाल आउने क्रममा मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको हो। कोरोना भाइरस संक्रमित जिल्लाको संख्या पनि ५२ पुगेको छ।

  • १६ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech