कोरोनाको कहरः जहाँ धेरैले मृत्युवरण गरे

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०७७, शुक्रबार

एजेन्सी

कोरोनाले विश्वलाई नै त्राही त्राही बनाइरहेको छ । त्यसमा पनि सम्पन्नशाली मुलुकहरु कोरोनाको सबैभन्दा बढी मारमा परेका छन् । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या बढेर ५८ लाख तीन हजार भन्दा धेरै पुगेको छ । कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ६० हजार पुगेको छ ।

अमेरिका विश्वकै सबैभन्दा धेरै प्रभावित देश हो । अमेरिकामा १७ लाख २० हजार भन्दा धेरै संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या एक लाख एक हजार भन्दा धेरै छ ।

संक्रमणका हिसाबले ब्राजिल दोस्रो धेरै प्रभावित देश हो । ब्राजिलमा ४ लाख ३८ हजार भन्दा धेरै संक्रमित छन् भने मृतकको संख्या २६ हजार भन्दा धेरै पुगेको छ ।

रुसमा ३ लाख ८० हजारको हाराहारीमा संक्रमित छन् भने ज्यान गुमाउनेहरु तुलनात्मक रुपमा कम छन् । रुसमा अहिलेसम्म चार हजार भन्दा केही धेरैले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

२ लाख ७० हजार भन्दा धेरै संक्रमित रहेको बेलायतमा ३८ हजार भन्दा धेरैको मृत्यु भएको छ। स्पेनमा २ लाख ३७ हजार स्रंक्रमित छन् भने त्यहाँ मृतकको संख्या २७ हजार भन्दा धेरै छ ।

  • १६ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech