काठमाडौं १२, असोज ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
सुनसरीमा ३८ वर्षिया र भक्तपुरमा ५१ वर्षिया महिलाको मृत्यु भएको छ। यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।