थप ७२ मा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७७, सोमबार

काठमाडौं १२ जेष्ठ ।

कोरोना भाइरसको संक्रमण हुनेको संख्या ६७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बिहान थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । नयाँ संक्रमित हुनेमा बारा र रौतहटका धेरै छन् ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech