नेपालगन्ज १०, असोज ।
बाँकेमा शनिवार थप ५० जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २३ महिला र २७ पुरुष छन् । योसँगै कोरोना भाइरस जितेर घर फर्किनेको संख्या १ हजार ४ सय ११ पुगेको छ ।
२७ गते भाइरस संक्रमण पुष्टि भएका उनीहरु विभिन्न आइसोलेसनमा १४ दिन बसेर शनिावर डिस्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
डिस्चार्ज हुनेहरुमा मालपोत कार्यालयका कर्मचारीहरु, प्रहरी , सेना , स्वास्थ्यकर्मीलगायत छन् । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७ सय ७४ छन् ।
अहिलेसम्म १२ जनाको भाइरस संक्रमणबाट मृत्यु भइसकेको छ । जिल्लाका विभिन्न आइसोलेसनमा अन्य जिल्लाका ७ जनासमेत गरी ३ सय ५८ जना बसिरहेका छन् ।