प्रियास्मृति ढकाल-नेपालगन्ज २७, भदौ ।
जब कोही बिरामी अस्पताल पुग्छन् तब उसको सबैभन्दा नजिकको सहारा नर्स नै हुन्छन् । सेतो एप्रोन लगाएर मुसुक्क हाँस्दै सेवामा तल्लीन रहने नर्सहरुको सेवा पाएपछि बिरामी आधा रोग निको भएको महसुस गर्छन् भने बिरामीका समस्या सुन्ने, आवश्यकता बुझ्ने, मर्म बुझ्ने, बिरामी घर नफर्कुन्जेल नर्सले कसलाई कुन समय कस्तो औषधि दिने हेक्का राख्ने कुशल नर्स आफैंमा एक चिकित्सक, प्रशासक, शिक्षिका र अभिभावक पनि बन्न पुग्छन् ।
कोरोनाको यस्तो विषम परिस्थितिमा आफ्नो जिम्मेवारी सम्झेर त कहिले आफ्नो पेसागत धर्मप्रतिको दायित्व सम्झेर, कहिले आत्मबलले आफ्नो परिवार नभनी, रातदिन नभनी आफ्नो इच्छा यथावत् राखी ज्यानको बाजी राखेर खटिरहेका छन्, डटिरहेका छन् र लडिरहेका छन् नर्सहरु । शारदा चौधरी पाँच महिना बढी भयो । कोभिडका विरामीको उपचारमा खटिएको । नेपालगन्ज भेरी अस्पतालमा २०५० सालदेखि आवद्ध चौधरीले कोभिड आइसोलेसन वार्डको कमाण्ड सम्हाल्नु भएको छ ।
एउटा कोरोनासँग लडिरहेको बिरामीलाई निद्रा, थकान, भोक, प्यास नभनी आफ्नो जिन्दगी जोखिममा राखेर उपचारमा खटिरहनुभएकी उहाँले त्यतीबेला सवै पीडा विर्सनु हुन्छ आफुले उपचार गरिरहेका विरामी सन्चो हुँदै जव मुस्कुराउन थाल्हाछन् । ‘कोभिडका विरामीको उपचार गर्दा आफ्नो ज्यान जोखिममा त छदै छ शारदाले भन्नुभयो–‘आफ्नै साथीभाइ, छरछिमेकको तिरष्कार समेत सहनु परेकोे असह्य पीडा त्यो विरामीको मुहारमा देखिने चमकले एकैछिममा विर्साइ दिन्छ ।’
‘एउटा कोरोनासँग लडिरहेको बिरामीलाई निद्रा, थकान, भोक, प्यास नभनी आफ्नो जिन्दगी जोखिममा राखेर उपचारमा खटिरहनुभएकी उहाँले त्यतीबेला सवै पीडा विर्सनु हुन्छ आफुले उपचार गरिरहेका विरामी सन्चो हुँदै जव मुस्कुराउन थाल्हाछन् ।’
आफ्नै अस्पतालका साथीभाइले कोभिडका विरामी हेर्छौ हामीलाई पनि सारौंला अलि परपर बस सर भनेको सुन्दा अहिलेपनि शारदाको मन चस्किन्छ । बुझेका साथीभाईको त हालत यस्तो छ अझ छरछिमेकमा अवस्था के होला ? सुरुसुरुमा त छिमेकी समेत आफ्नो घरमा नआएको उहाँको तितो अनुभूति छ । ‘एकजना छिमेकी वहिनी त मलाई देखेर खुवै रोइन् । कोरोना नै सार्ने हो की भन्ने ठानिन् कि खै । परै कुर्ची तानेर बेसर रोइन । उनलाई खुवै सम्झाए शारदाले भन्नुभयो–‘मसँग टाढा बस तर छिमेकीसँग होइन् । पछि उनले पनि कुरा बुझ्दै गइन् सायद सहज भयो ।’ धन्न् शारदाका परिवार बुझ्ने थिए र साथ दिए ।अहिलेपनि उहाँ घर जाने वित्तिकै नुहाईधुवाई गरेरमात्र भित्र पस्नु हुन्छ । छोराछोरा, श्रीमान, अन्य परिवारसँग दुरी कायमै राख्ने प्रयास गर्नु हुन्छ ।
पाँच महिनादेखि आइसोलेसनमा निरन्तर खटिरहनुभएकी स्टाफनर्स प्रिती खड्कालाई सुरुसुरुमा घर परिवारबाटै अव यो परिस्थितिमा जागिर छाड्नु पर्छकी भनेर दवाव खेप्न पर्यो । कोभिडका केसहरु देखिन थालिसकेका थिए । उहाँले भन्नुभयो–‘तर मनले मानेन विरामीकै सेवामा लाग्छु भनेर आइसके पछि कहाँ जागिर छाड्नु ? विषम परिस्थितिमा झन जिम्मेवारी निभाउनु पर्छ भन्ने लाग्यो । र अहिलेसम्म खटिरहेकै छु ।’
‘शारदा र प्रितीलाई अहिले आइसोलेसन वार्डमा पसेर एकछिन विरामी नहेरेसम्म मनले मान्दैन् । ‘मेरो डिउटी नभएपनि एकपटक त आइसोलेसन वार्डमा पसिहाल्छु शारदाले भन्नुभयो–‘विरामीलाई हेर्छु । उहाँहरुको अवस्थाबारे जानकारी लिन्छु र फर्किन्छु ।’
सुरुको कोभिड केस हेर्दा भने उहाँलाई खुवै डर लाग्यो । कोभिडको खुवै आंतक थियो । पीपीइ लगाउनुभयो । माक्स, ग्लोव्स, फेस सेविङ लगाएर तयार हुनुभयो । तर कोभिड विरामी वार्डसम्म पुग्न खुट्टा खुवै कामे । उहाँले त्यो दिन सम्झदै भन्नुभयो–‘कन्सल्टेन्ट डाक्टर अघिअघि हिड्नुभयो हामी पछिपछि गयौं ।’ आइसोलेसन वार्ड इन्चार्ज शारदालाई पनि पहिलो दिन त होस् ह्वास नै उड्यो । मेसु डा.प्रकाश थापा आफैले विरामी हेर्दै केही हुँदैन् सुरक्षित भएर उपचारमा खटिनुहोला भनेपछि बल्ल आफ्नो आत्मबल बढेको उहाँको अनुभव छ ।
नेपालगन्ज निवासी उहाँले यतीसम्म पीडा खेप्नु पर्यो घर आउनेजाने बाटो छिमेकीले डोरी तानेर बन्द गरिदिए ।
‘त्यो टोलमा ममात्रै हेल्थपर्सन हो, घर जाँदा बाटो नै बन्द । आफ्नो ज्यान हत्केलामा राखेर अरुलाई बचाउन आफैले छानेको पेशाप्रति घृणा लाग्यो । त्यसदिन आफु खुव रोए ।’
उहाँले भन्नुभयो– ‘त्यो टोलमा ममात्रै हेल्थपर्सन हो, घर जाँदा बाटो नै बन्द ।’ आफ्नो ज्यान हत्केलामा राखेर अरुलाई बचाउन आफैले छानेको पेशाप्रति घृणा लाग्यो । त्यसदिन आफु खुव रोएको उहाँले सुनाउनुभयो । स्टाफदिदीहरुलाई रुँदै भने उहाँहरुले पनि सम्झाउनुभयो उहाँले भन्नुभयो–‘विरामीहरुको कारुणीक पीडा र आफुहरुप्रतिको विश्वास सम्झीए, पछि आफै सम्हालिए ।’
‘यस्तो बेला धेरै कोरोना बिरामीहरु हेर्नुपर्ने हुँदा एकबाट अर्कोमा पनि सर्न सक्छ भन्ने थाहा हुँदाहुँदै पनि कसैको जीवनमा खुसी ल्याउन जस्तो सुखद अनुभुति सायदै नहोला’ प्रितीले भन्नुभयो । आइसोलेसन वार्डमा पुग्दा जव विरामीहरुको मुहार उज्ज्यालो देखिन्छ तव प्रितीको सबै पीडा हराएर जान्छ । शारदा र प्रितीलाई अहिले आइसोलेसन वार्डमा पसेर एकछिन विरामी नहेरेसम्म मनले मान्दैन् । ‘मेरो डिउटी नभएपनि एकपटक त आइसोलेसन वार्डमा पसिहाल्छु शारदाले भन्नुभयो–‘विरामीलाई हेर्छु । उहाँहरुको अवस्थाबारे जानकारी लिन्छु र फर्किन्छु ।’
(भिडियो स्वास्थ्य पेजको फेसबुक पेजमा अपलोड हुँदै छ)