नेपालगन्ज १९,भदौ
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४३ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४२१ नमुना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । थप भएका संक्रमित मध्य बाँकेका ३७ जना र बर्दियाका छ जना रहेका छन् ।
भेरी अस्पताल प्रयोगशालामा हालसम्म ३६३०८ नमुना प्राप्त भएकोमा ३६२०८ नमुना परीक्षण सम्पन्न भईसकेको छ । त्यसमध्य १६९८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।