कर्णाली प्रदेश अस्पतालका ६ डाक्टरमा कोरोना, आजदेखि ओपिडी सेवा बन्द

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७७, बिहीबार

सुर्खेत ११, भदौ ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका ६ जना डाक्टरमा कोरोना भाइरस संक्रमण देखिएपछि आज विहीबारदेखि एक हप्ताको लागि ओपिडी सेवा बन्द गरिएको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार कोरोना संक्रमण देखिएकामा २ जना कन्सल्ट्यान्ट डाक्टर र ४ जना मेडिकल अधिकृत छन् ।

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गरिने डा. खड्काले बताउनुभयो । यसअघि पनि अस्पतालका ३ जना चिकित्सकमा कोरोना देखिएको थियो । उनीहरू निको भएर ड्युटीमा फर्किसकेका छन् । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अवस्था जटिल हुन थालेको अस्पताल निर्देशक डा. खड्काले बताउनुभयो ।

प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा संक्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर संक्रमण भएका व्यक्तिहरूको कारण जोखिम बढेको अस्पतालको भनाइ छ । कोरोना विशेष अस्पतालमा अहिले २३ जना संक्रमितको उपचार भइरहेको छ ।

  • ११ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech