हरितालिका तीजमा ब्रत बस्ने चलन छ । अझ आजको दिन ब्रतालुका निम्ति विशेष दिन । यस दिन भगवान शिवको पूजाआजा गरी ब्रत बस्ने चलन छ । विवाहिताहरु पतिको दिघार्युको कामना गर्दै बस्छन् भने अविवाहिताहरु सुयोग्य पति प्राप्तीको कामना गर्दै ब्रत बस्ने गर्छन् । त्यसो त ब्रत बस्नुको धेरै फाइदा छ, धार्मिक हिसाबले, शारीरिक हिसाबले, मानसिक हिसाबले । बेलाबेला पाचन यन्त्रलाई विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । आहार विशेषज्ञका अनुसार हप्तामा एक पटक व्रत वस्नुको अनेक लाभ छ । यद्यपी अक्सर व्रतका क्रममा खाद्य पदार्थको उचित चयन वा उपयोग भएको हुदैन ।
– व्रतको दिन अत्याधिक पानी पिउनुपर्छ ।
– धेरै परिश्रम हुने काम नगरौं ।
– व्रतको दिन मध्यन्ह खानेकुरा सेवन गरेपनि राती त्यसको मात्रा कम गर्नुपर्छ ।
– विश्राम गरौं र कागती एवं मह मिश्रति पानी सेवन गरौं ।
– व्रतको क्रममा अनावश्यक पदार्थ कोलेस्ट्रोलको रुपमा शरीर वाहिर निस्कन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि अतिरिक्त पानी पिउनुपर्छ ।
– मौसमी फलको जुस सेवन गर्नुपर्छ ।
आहार तालिका
समय भोज्य पदार्थ
विहान ७-८ १ गिलास पानी, एक चम्चा मह र कागतीको रस
९-१० १ कप चिया, दुध ।
मध्यान्ह १२- १ सलाद, दही -१५० ग्राम), एउटा स्याउ, आधा चुकन्दर, एउटा गाजर,
४ चिया वा दुध एक गिलास
साँझ ७- ८ १ गिलास फलको रस
९ २ सय ग्राम मेवा, १ आलु, १ कचौरा लौका
९ः३० आधा गिलास दुध, आटाको पराठा र दही
ब्रतको विज्ञानः कसरी, किन र कसले बस्ने ?
ब्रतले शरीरको पाचन प्रक्रियामा आरम मिल्छ । साथै शरीरको मेटाबोलिक (खानालाई इनर्जीमा परिणत गर्ने) क्षमतामा वृद्धि गर्न मद्धत गर्छ । यद्यपी, व्रत बस्दा हामी सबैले विशेष कुराहरुमा ध्यान दिनु अत्यावश्यक छ । अन्यथा यसको नकारात्मक प्रभावका कारण शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्दछ । यसबाट बच्नको लागि यी कुरामा ध्यान दिनु जरुरी छ ।
ध्यान दिनुपर्ने कुरा
व्रतको बेला शरीरमा पानीको कमी हुनसक्ने भएकोले अधिक पानीको सेवन गर्न जरुरी हुन्छ । प्रतिदिन कम्तीमा ६ देखि ८ गिलास पानीको सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक मानिन्छ । खानामा अंगुर, लिच्ची, खरबुजा, काक्रो लगायतका फलफुललाई समावेश गर्नुहोस् जसले तपाईको शरीरमा पानीको मात्रालाई बढाउन सकोस् ।
केही घण्टाको फरकमा पानी तथा फलफुलको सेवन गर्नुहोस् । अन्यथा खाली पेटका कारण शरीरमा एसिडिटीको समस्या उत्पन्न हुने गर्दछ । त्यसैले आफ्नो खानामा उच्च कार्बोहाइड्रेटयुक्त खाना जस्तै आलु, सावुदाना लगायतको प्रयोग गर्नु निकै उपर्युक्त मानिन्छ । त्यसबाहेक, काजु, किसमिट, पेस्ता लगायतका ड्राइ फु्रटको मनग्य सेवन गरौ । यसले शरीरमा तागत प्रदान गर्नुका साथै तपाईलाई थकान महसुस हुन दिँदैन ।
ब्रतमा के खाने के नखाने ?
विहानको समयमा तपाई दूधको साथमा कुनै पनि फलफुलको सेवन गर्न सक्नुहुन्छ । त्यसबाहेक दूधको साथमा भिजाएको बदाम खानसक्नुहुन्छ । दिउँसोको समयमा सावुदाना, सेवाईको प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै, आलुको परिकार, रोटी तथा पुरी समेत खान सक्नुहुन्छ । त्यस्तै, साँझको समयमा ग्रीन टी, तथा मेवालाई तपाई आफ्नो खानामा संलग्न गर्न सक्नुहुन्छ । त्यसबाहेक, चियासित मखाना, काजु पनि सेवन गर्नु सक्नुहुन्छ । यसले तपाईको शरीरमा तागत प्रदान गर्दछ ।
कस्तो सावधानी अपनाउने ?
व्रत बसेको समयमा धेरै चिल्लो, पिरो तथा तारेको खानु स्वास्थ्यका लागि हानीकारक हुनक्छ । यसले शरीरमा कैलोरीको मात्रा बढाउने गर्छ । त्यसैले, कुनै पनि मानिसले व्रत बस्दा प्रोटीन, फैट कार्वोहाइडे्रट, भिटामिन, मिनरल्सयुक्त खानेकुराका साथमा पौष्टिक खानेकुराकोे सेवन गरौ ।
त्यस्तै, मैदा तथा आलुको प्रयोग सकेसम्म कम गरौ । त्यस्तै, व्रतका कारण शरीरलाई सुस्त हुन नदिन पनीर, क्रीमयुक्त दूधको सेवन कम गरौ । बरु यसको सट्टा ताजा फलफुल तथा जुसको सेवन गर्नु उपर्युक्त हुन्छ ।
यी रोग भएकाहरुले ब्रत नबसौ
· मधुमेह तथा उच्च रक्तचाप रहाइपरटेण्सन भएका व्यक्तिले
· भर्खर अपरेशन गरेकाहरुले
· रगतको कमी भएमा अथवा रगत सम्बन्धि समस्या देखिएमा
· मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पिडितहरु
· गर्भवती महिला