काठमाडौं २८, साउन ।
कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी २८ वर्षीया कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको हो ।
यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।
२८ श्रावण २०७७, बुधबार प्रकाशित
स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज