प्रियास्मृति ढकाल- नेपालगन्ज, १९ साउन ।
तत्कालिन सांसद गोपाल दहितले २०७१ साल जेठ १५ गते सिकलसेल एनिमिया रोगबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दा भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेलाई गर्भानुभूति भयो । किनकी उक्त प्रस्तावमा समेटिएको सबै बिषय डा.पाण्डेले नै तयार गर्नुभएको थियो । ‘संसदमा बिशेष प्रस्ताव लैजादै छु, डाक्टर साव सिकलसेल रोग के हो ? यसको रोकथामदेखि राज्यले के के गर्नु पर्छ ? सबै खाका बनाएर मलाई मेल गरिदिनु होला दहितले भनेको कुरा सम्झदै डा.पाण्डे भन्नुहुन्छ–‘उहाँको ठूलो सर्पोट रहयो । सायद उहाँ (गोपाल) ले संसदमा प्रस्ताव पेश नगरेको भए सिकलसेलका विरामीले राज्यबाट अहिले जुन सेवा सुविधा पाएका छन त्यो नपाउन पनि सक्थे ।’
थारु समुदायमै सिकलसेल रोग जनस्वास्थ्य समस्याकै रुपमा रहेको तथ्य डाक्टर पाण्डेले कसरी प्रमाणित गर्नुभयो ? यस्को नालिबेली डा.पाण्डेले एमडी अध्ययन गर्दा देखि जोडिएको छ ।
डा.पाण्डेले थारु समुदायमा जनस्वास्थ्य समस्याकैरुपमा सिकलसेल एनिमिया भएको जव पत्ता लगाउनुभयो त्यसपछि उहाँले थारु अगुवादेखि बुद्धिजिवीलाई यसबारे चासो दिन धेरै पटक परामर्श समेत गर्नुभयो । तर खासैले वास्ता गरेनन् । तर दहितले भने संसदमै सार्वजनिक महत्वको बिषय भन्दै प्रस्ताव दर्ता गराउनुभयो । २०७१ साल असार १५ गते सरकारको नीति तथा कार्यक्रममा भेरी अस्पताल, सेती, महाकाली र लुम्बिनी अस्पतालमा सिकेलसेलको उपचार गरिने भनेर औपचारिकरुपमा नीतिगत व्यवस्था भयो । त्यसको करिव एक महिनापछि २०७१ साउन २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सिकलसेलका विरामीलाई एकलाख बराबरको उपचार खर्च दिने निर्णय गर्यो । अहिले ३ हजार ६ सय बढी सिकलसेलका विरामीले सरकारी सेवा पाएका छन् ।
भेरी अस्पताल नेपालगन्जमा मात्रै ८ सय विरामी नियमित फलोअपमा छन् । थारु समुदायमै सिकलसेल रोग जनस्वास्थ्य समस्याकै रुपमा रहेको तथ्य डाक्टर पाण्डेले कसरी प्रमाणित गर्नुभयो ? यस्को नालिबेली डा.पाण्डेले एमडी अध्ययन गर्दा देखि जोडिएको छ । डा.पाण्डेले काठमाडौंमा एमडी गर्ने क्रममा पश्चिम नेपालका २-३ वटा सिकलसेल केस हेर्नुभएको रहेछ । वीर अस्पतालमा डा. बिशेष पौडेलसँग सँगैकाम गर्दाको अनुभव सुनाउँदै डा.पाण्डेले भन्नुभयो–‘सन् २००३ मा नेपालमा २ जनामा सिकलसेल पुष्टि भयो ।’ सिकलसेलबारे अध्ययन गरेपनि अधिकांश चिकित्सकहरु नेपालमा सिकलसेल छैन भन्ने निष्कर्षमै थिए । उनीहरुको अध्ययनमा थियो सिकलसेल अफ्रिकामा मात्र छ नेपालमा छैन् ।
डा.पाण्डे एमडी सकेर २०६८ सालमा भेरी अस्पतालमा आएपछि भने उहाँलाई सिकलसेल रोगको पहिचान र अध्ययनमा सहज भयो । ‘ओपिडीमा आउने विरामी मध्ये १५-२० बर्षका बालबालिका र युवामा एउटै खालको लक्ष्ण देखिन थाल्यो उहाँ भन्नुहुन्छ–‘शरीर दुख्ने, घुडा दुःख्ने, जोर्नी दुख्ने र असह्य पीडा हुने । त्यो पनि थारु जातिहरुमा ।’ सिकलसेल एनिमियाको जस्तै मिल्दोजुल्दो लक्ष्ण देखिन थालेपछि त्यसको परीक्षण सुरु गरियो । त्यतीबेला नेपालमा सिकलसेल जाँच गर्ने प्रयोगशाला नै थिएन् । यहाँ संकलित नमूना परीक्षणका लागि ल्यावहरुले भारतको दिल्ली, मुम्वईलगायतका अस्पतालमा पठाउथे । त्यसको रिपोर्ट आउन हप्ता दिनदेखि दुई हप्तासम्म लाग्थ्यो ।
केसहरु क्रमस थपिदै गए । एक बर्षको अवधिमा एउटै समुदायका ३९ जनामा सिकलसेल एनिमिया पहिचान भएपछि डा.पाण्डेले दुईवटा अभियान थाल्ने निष्कर्षमा पुग्नुभयो । एउटा थारु समुदायमै यो रोग जनस्वास्थ्य समस्याकै रुपमा रहेको भन्दै समुदाय अगुवा, बुद्धिजीविदेखि चिकित्सक र स्वास्थ्यकर्मी समेतलाई सचेत गराउने र दोस्रो सिकलसेलका विरामीहरुको राज्यले निःशुल्क उपचार गर्नु पर्ने । २०७० साल बैशाख १३ गते डा. पाण्डेले औपचारिकरुपमै यसक्षेत्रका चिकित्सक, जनस्वास्थ्यकर्मीलगायतलाई सिकलसेलबारे विफ्रिङ गर्नुभयो । यसअघिसम्म चिकित्सकहरुले सिकलसेलका विरामीलाई टाइफाइ, बाथ, कालाजारलगायतका औषधि दिने गरेका थिए । जस्का कारण विरामीहरु सन्चो नभएर झन थल्लिनु परेको थियो भने घरखेत नै बेचेर विरामीको उपचार गर्नु पर्दा कैयौं परिवारको उठीबास लागेको थियो ।
डा.पाण्डेकै कारण बिशेषतः थारु समुदायमा रहेको सिकलसेल रोगलाई सरकारले जनस्वास्थ्य समस्याको रुपमा मात्र लिएन विरामीहरुलाई एक लाख बराबरको उपचार खर्च पनि उपलब्ध गरायो । देशभरका अस्पतालहरुमा अहिले २० वटा सिकलसेल जाँच गर्ने मेसिन सन्चालनमा छन् ।
डा.पाण्डेकै कारण बिशेषतः थारु समुदायमा रहेको सिकलसेल रोगलाई सरकारले जनस्वास्थ्य समस्याको रुपमा मात्र लिएन विरामीहरुलाई एक लाख बराबरको उपचार खर्च पनि उपलब्ध गरायो । देशभरका अस्पतालहरुमा अहिले २० वटा सिकलसेल जाँच गर्ने मेसिन सन्चालनमा छन् । भेरी अस्पताल नेपालगन्जमा मात्र तीन वटा मेसिन जडान भएका छन् । ‘समस्या पहिचान गर्नुमात्र ठूलो कुरा भएन राज्यले त्यसलाई सम्वोधन गरेर नीतिगत व्यवस्था सहित सम्बन्धित व्यक्ति, समुदायले त्यसको लाभ लिन सकेकी सकेनन् त्यो महत्वबपूर्ण कुरा हो डा. पाण्डे भन्नुहुन्छ–‘विरामीले अहिले सहजरुपमा उपचार पाउँदा आफुलाई गर्भलाग्दो रहेछ ।’
प्रदेश पाँच सरकारले मात्र सिकलसेलका लागि चालू आर्थिक बर्षमा १० करोड रकम विनियोजन गरेको थियो । स्थानीयपालिका आफैले प्रयोगशाला स्थापना गरेर सिकलसेल भएनभएकोबारे समुदायस्तरमै जाँच गर्ने क्रम बढेको छ । बर्दियाको बारबर्दिया नगरपालिकाले सिकलसेल र थालेसेमिया सम्वन्धी पाठ्यपुस्तक नै तयार गरी कक्षा ९ र १० मा पढाइ सुरु गरेको छ । थालेसेमिया पनि सिकलसेलजस्तै बंशानुगत रोग हो । तर यो थारु समुदायमा मात्र नभएर अन्य समुदायमा पनि देखिएको छ । सिकलसेल बंशानुगत रोग भएका कारण यस्को नियन्त्रणका लागि समुदायस्तरमा जाँच गर्नु पर्ने उहाँको सुझाव छ ।
थारुबाहुल क्षेत्रका पाठयपुस्तकमै सिकलसेललाई समेटेर विद्यार्थीलाई जानकारी गराउनु पर्ने डा. पाण्डे बताउनुहुन्छ । सिकलसेल बुबाआमाबाट छोराछोरीमा सर्ने वंशाणुगत रोग भएकाले विवाह अगावै दम्पतीले ध्यान दिन सक्ने हो भने आउने पुस्तालाई सिकलसेलबाट बचाउन सकिने उहाँको भनाइ छ । प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशकै सिनियर फिजिसियन डा.पाण्डे सिकलसेल एनिमिया पश्चिम नेपालका थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा उजगर गर्न सफल भएको भन्दै सरकारबाट प्रवल जनसेवाश्री मान पदवीबाट विभूषित समेत भइसक्नुभएको छ ।